पुस २२, काठमाडौं – सुनको मूल्य लगातार वृद्धि भइरहेको छ।
बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।