पुस २१, काठमाडौं – इन्दिरा जोशीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ l
इन्दिरा जोशी अफिसियल युट्युब च्यानल बाट ’बेग हानी गाको’ बोलको गीत सार्वजनिक भएको हो l
एलीन श्रेष्ठको निर्देशनमा बनेको भिडियोको गीतको शब्द रचना र कम्पोज कृष्ण बम मल्लको रहेको छ l
भिडियोमा इन्दिरा जोशी ,कर्मा श्रेष्ठ, कविता आले, विनोद भट्टराई र मिस्री थापाको अभिनय रहेको छ l
योगेश काजीको एरेन्ज, लोकेश बज्राचार्यको सम्पादन र प्रदीप जोशीको मिक्सिङ मास्टरीङ गीतमा समावेश छ l
भिडियोलाई शिव राम श्रेष्ठले खिचेका छन् l