पुस २०, काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ जना पुगेको छ ।
आज ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिगत २४ घण्टामा ४ हजार ४०१ सय जनाको परीक्षण गरिएको मध्ये ४०३ जनामा भाइरस पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा आज १८५ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार आज काठमाडौंमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जनामा संक्रमण पुष्टि भएका छन् ।