पुस २०, काठमाडौं -अहिले पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।
त्यसैगरी सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ का केही भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ का भू–भागहररुमा हल्का वर्षाको सम्भावना रहेको छ।