पौष १९, काठमाडौ – मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा बसले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।
शनिवार दिउसो ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६२७८ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक दमक नगरपालिका-४ का ३२ बर्षीय प्रदिप कार्कीको उपचारको क्रममा उर्लावारीको अरनिको अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । मोटरसईकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।