छैटौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु

भदौ  २९,कैलाली-सुदूरपश्चिमाञ्चल गोजुरियो कराँते दो सङ्घद्वारा आयोजित छैटौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले प्रतियोगिताको उद्घाटन गरेका छन् ।  तीनदिने सो प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काका खेलाडीको सहभागिता रहेको सङ्घका अध्यक्ष नारदमुनि रानाले जानकारी दिए ।