पुष १२, काठमाडौ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध ३७ सांसदको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको प्रस्तावकमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । यसै गरि प्रस्तावको समर्थकमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहेका छन ।
प्रदेश १ मा कूल सांसद ९३ जना छन् ।जस्मा नेकपासँग ६७ सांसद छन । अब पार्टी विभाजनसँगै प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।