प्रदेश नं १ का १०० सङ्क्रमित निको भए

पुस ७, काठमाडौँ – प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १०० जना कोरोना सङ्क्रमित निको भएका छन् । निको हुनेमा होमआइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २५ हजार ४९५ पुगेको छ ।

प्रदेश सोही अवधिमा गरिएका ५४४ जनाको पिसिआर परीक्षणमा ३४ महिला र २९ पुरुष गरी ६३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप सङ्क्रमितमा मोरङमा ३३ मध्ये विराटनगरमा २३, सुनसरीमा १८, झापामा तीन, उदयपुर र तेह्रथुममा दुई/दुई र प्रदेश बाहिरका पाँच जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २९ हजार ४८९ पुगेको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा हालसम्म दुई लाख पाँच हजार ५५० जनाको पिसिआर परीक्षण कार्य सम्पन्न गरिएको छ ।