कसैलाई कारबाही नगर्ने र पार्टी पनि नफुटाउने प्रधानमन्त्रीको भनाई

पुस ७, काठमाडौं -प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् ।

बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारेका छन् ।

उनले पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।

यस्तै ओलीले एकलौटीरुपमा ११९९ सदस्सीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।