पुस ३, एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३- २ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेको लेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ ।
अंक तालिकामा लेस्टर सिटीको १३ खेलबाट २४ अंक छ भने म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकका साथ छैठौं स्थानमा छ ।