एमाओवादी उच्चस्तरिय राजनीतिक समितिको अडान अडिग

भदौ २८, काठमाडौँ-एकीकृत माओवादीले उच्चस्तरिय राजनीतिक समितिको अडानलाई कायमै राखेको छ । एमाओवादीको केन्द्रिय कार्यालय कोटेश्वरमा आज भएको संचारकर्मी साक्षत्कार कार्यक्रममा एकीकृत माओवादी प्रवक्ता दीनानाथ शर्माले संयन्त्र बनाउने सहमतिमा हस्ताक्षर गरेका दलहरुले अहिले त्यसलाई इन्कार गर्नु गलत भएको बताएका छन् । प्रवक्ता शर्माले संविधान निर्माणका अन्तरवस्तुमा सहमति खोज्न एकीकृत माओवादी सकृय भएको बताएका छन् ।