मंसिर २५, काठमाडौं गायक समीर आचार्यको ‘हतारमा’ बोलको गीत सार्वजनिक भएको छ ।
उत्त गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर रहेको छ ।
गीतको भिडियोमा भने अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा राउतको अभिनय रहेको छ ।
गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् भने गीतमा नृत्य निर्देशन राजीव समरको रहेको छ ।
गीतको भिडियो अर्जुन तिवारीले खिचेका छन् ।