फ्रान्समा हेलिकोप्टर दुर्घटनामा पाँच जना उद्धारकर्मीको मृत्यु

मंसिर २४, एजेन्सी – फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको बताइएको छ । सो कुराको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले दिएका हुन् । उनले उद्धार कार्यमा खटिएका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जनासहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँच जना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो ।

यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ । उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ । प्रारम्भिक सुचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेका थिए भनिएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन ।रासस