संसदीय समितिको सरकारलाई निर्देशन – एआईजी बढुवा सिफारिसको निर्णय कार्यान्वयन नगर्नु

मंसिर २४, काठमाडौं संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसको निर्णय कार्यान्यवन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।

पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा २७ कात्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।

उपप्रधानमन्त्री पोखरेलको नेतृत्वमा रहेको प्रशासनिक समितिले गरेको यो निर्णय कार्यान्वयन नगर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

पोखरेलभन्दा सिनियर (आईजीपीका ब्याजी) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) छन् । आईजीपीका ब्याजीहरु डीआईजी हुँदाहुँदै जुनियरलाई एआईजीमा सिफारिस गरेको भन्दै विवाद भएको थियो ।