सूचना प्रणालीमा अनाधिकृत पहुँच बनाई क्षति पुर्‍याउने व्यक्ति पक्राउ

मङ्सिर २४, काठमाडौं – सूचना प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई डाटा सार्वजनिक गरेको अभियोगमा मंगलबार एक युबक पक्राउ परेका छन । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका(२६ रानीबारी बस्ने नवलपरासी पश्चिम सुनवल नगरपालिका घर भएका १९ वर्षीय दिनेश तिवारी रहेका छन ।

उनी माथि सरकारी तथा निजी सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरुमा अनाधिकृत रुपमा पहुँच बनाई प्रचलित ऐन कानुन विपरीतका कार्यहरु गरेको आरोप लागेको छ ।

उनलाई प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको उनीहरु उपर थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ