सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

मंसिर २३, काठमाडौं –  विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर पुगेको छ ।

मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेका हुन् ।

नापी विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो ।