सिंगापुर पठाइदिन्छु भन्दै नगद ठगी गरेको अभियोगमा एक युबक पक्राउ

मङ्सिर २३, काठमाडौं- सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युबक पक्राउ परेका छन । काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने २७ वर्षीय विशाल दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।