मंसिर १९, काठमाडौं – परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भारत बिच संवादहीनता अन्त्य भएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको बताएका हुन् ।
ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणले नपाल भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भएको उनले बताएका छन् ।
मन्त्री ज्ञवालीले बैठकमा दोस्रो सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेको र नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको बताए ।
नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यो राखेको उनको भनाइ थियो ।