च्याम्पियन्स लिगमा सिटी र पोर्टोको बराबरी

मंसिर १७, एजेन्सी  – पोर्चुगलको पोर्टोले च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग बराबरी खेल्दै अंक बाँडेको छ।
दुई खेलअघि नै दुवै टिम अन्तिम १६ मा प्रवेश गरिसकेका क्लब हुन्। आफ्नो घरेलु मैदानमा पोर्टोले सिटीलाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो। सिटीविरुद्ध पोर्टोले पूरै खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो। १८ पटक पोर्टोको पोष्टमा प्रहार गर्दा पनि सिटीले गोल गर्न भने सकेन। सुरुवाती समयदेखि आफ्नो नियन्त्रणमा राखे पनि सिटीले गोल गर्न नसकेपछि गोलरहित बराबरीमै चित्त बुझाउनु परेको हो। यसअघि पहिलो खेलमा भने पोर्टोले सिटीसँग ३–१ गोलको हार ब्यहोरेको थियो।

मंगलबार राति नै समूह ‘सी’ कै अर्को खेलमा मार्सेलीले ओलम्पियाकोसलाई २–१ गोलअन्तरले पराजित गरेको छ। तर यी दुवै टिम समूह चरणबाट दुई खेल बाँकी छँदै बाहिरिसकेका क्लबहरु हुन्।

समूह ‘सी’ को शीर्ष स्थानमा रहेको सिटीले पाँच खेलबाट १३ अंक बनाएको छ। पोर्टोको पाँच खेलबाट १० अंक छ। पाँचै खेलबाट ओलम्पियाकोस र मार्सेली समान ३–३ अंक बनाउँदै क्रमशः तेस्रो र चौथो स्थानमा छ।