भदौ २७, काठमाडौँ-एकीकृत नेकपा माओवदीका उपाध्यक्ष नेता पोष्टबहादुर बोगटीलाई हृदयघात भएको छ । हिजो राती ९ बजे बोगटीलाई घरमा बसीरहेको अवस्थामा अचानक हृदयघात भएकाले उहाँलाई तत्कालै राजधानीको शहिद गंगालाल हृदय केन्द्रमा उपचारका लागी भर्ना गरिएको परिवारले जनाएको छ । परिवारका अनुसार बोगटीलाई आईसीयुमा राखेर उपचार गरिएको र अहिले उहाँ खतरामुक्त अवस्थामा रहनु भएको छ बोगटीलाई भेट्न पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचाण्ड, नेता डा बाबुराम भट्टाराईलगायतका पार्टीका शिर्ष नेताहरु हिजो बेलुका नै गंगालल अस्पतालमा पुगी बोगटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । गंगालाल अस्पताल परिसरमा उहाँलाई भेट्न अहिले नेता कार्यकर्ताको भिड लागेको छ ।