मंसिर ८, काठमाडौं – नेपालमा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमण पुष्टि भएको हो ।
यो सँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।