लिभरपुलले सिटीलाई ३-० ले हरायो

मंसिर ८ एजेन्सी –  इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३- ० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ९ खेलमा २० अंक जोडेको छ ।

लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।