पछिल्ला २४ घण्टामा १ हजार ४७७ कोरोना संक्रमित थपिए प्रकाशित : २०७७ कार्तिक ३० गते १६:५२ कात्तिक ३०, काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज थप १ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै २ हजार ७ सय ९८ जना निको भएका छन् ।