कात्तिक २७, काठमाडौं – पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडियो सार्वजनिक भएको छ । कोइरालाले देउसी भैलो मिश्रीत गीतको भिडियो सार्वजनिक गरेका छन् ।
तिहारमा बज्ने एउटै प्रकारका गीतभन्दा भिन्न प्रकारले गीत निर्माण गरेकोे कोइरालाले बताए । उनले भने ‘एउटै गीतमा देउसी भैलो मिश्रीत गीत कम भएकाले मौलिक रुप देखाउन यस गीतमा सृजना गरीएको हो। ’
६ वर्ष अगाडि नै रेकर्ड गरीएको गीतलाई यो वर्ष मात्र भिडियो निर्माण गरिएको उनले बताए ।
काठमाडौं र भारतको सिलगुरी गरी दुई ठाउँमा छायाँकन भएको भिडियो गीतमा किरण कँडेल, सुरज कुमार थापा, निकिता थापा, अनुष्का पाठकको स्वर रहेको छ । गीतमा संगीत किरण कँडेलले भरेका छन् ।
भिडियोको निर्देशन शिवु श्रेष्ठले गरेका छन् । भिडियो प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।