राष्ट्रपति भण्डारी र प्र.म ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई

कात्तिक २३, काठमाडौ-  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन।

आइतवार बिहान ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरुको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार बिहान ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकोमा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका छन । नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन ।