कात्तिक २३ , काठमाडौं । पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।
मिर्गौलाको रोगबाट पीडित लामा ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए ।
उनको आइतबार बिहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई नख्खु जेल ‘ब्रेकर’को रुपमा पनि चिनिने गरिन्छ ।
निमोनियासमेत देखिएपछि उनलाई गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणको शंका लागेर चार पटकसम्म पीसीआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको पारिवारिक स्रोतले जनाएको छ ।