कात्तिक २३, काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फट बधाई दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर काम गर्ने पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘शानदार र ऐतिहासिक जितका लागि तपाईंहरुलाई बधाई छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन अमेरिकाको नयाँ नेतृत्वसँग मिलेर काम गर्ने आशा व्यक्त गर्दछु ।’
डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।