कात्तिक २१, काठमाडौं – युरोपा लिग अन्तर्गत गएराति सम्मन्न खेलमा इंग्लिस क्लब आर्सनल विजयी भएको छ । घरेलु मैदानमा आर्सननले नर्वेजियन क्लब मोल्देमाथि ४–१ को जित निकालेको हो ।
इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलको २२औं मिनेटमा मार्टिन इलिङसेनको गोलबाट आर्सनल पछि परेको थियो । ४५औं मिनेटमा क्रिस्टोफोर हेउगेनको आत्मघाती गोल सहयोगबाट आर्सनल खेलमा फर्किएको थियो ।
६२औं मिनेटमा सेरिफको आत्मघाती गोलबाट आर्सनलले खेलमा २–१ को अग्रता लिन सफल भयो । ७०औं मिनेटमा निकोलस पेपेले बुकायो साकाको पासमा गोल गर्दै आर्सनललाई जिततर्फ अघि बढाए । खेल सकिन दुई मिनेट बाँकी रहँदा जोसेप विललकले पेपेको पासमा गोल गर्दै आर्सनको जित सुनिश्चित गराए ।
यो जितसँगै समूह ‘ए’ मा लगातार तेस्रो जित निकालेको आर्सनलको ९ अंक पुगेको छ । पराजित मोल्दे ६ अंकसहित दोस्रो स्थानमा छ ।