कात्तिक १९, काठमाडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।