सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका छन्।
शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन्
शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो।
उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए।