एन आई सी एशिया बैंकमा ८.९९ प्रतिशत ब्याजदर कायम गर्न ९ दिन बाँकी

 

एन आई सी एशिया बैंकले COVID-19  बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरुप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको छ ।

यस अन्र्तगत २०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कात्र्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिने योजना ल्याएको छ ।

यस  अन्तर्गत समयमा ग्राहकहरुमा परेको आर्थिक भारलाई कम गर्ने उदेश्यले धेरै लाभ हुने गरी बैंकले यो योजना बताएको छ । यस योजनामा सहभागी हुन अब मात्र ९ दिन बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले ऋणीहरूलाई आग्रह गरेको छ ।