रियाले पाइन जमानत, एक महिना पछि आउँनेछिन् जेल बाहिर

सुशान्त सिंह मृत्यु प्रकरण र ड्रग्स मामिलामा नाम जोडिएकी रजपुतकी प्रमीका रिया चक्रवर्तिलाई आज जमानत मिलेको छ । तर उनका भाई शौविक चक्रवर्र्ति भने जेलमै बस्नेछन् । सुशान्त सिंह ड्रग्स केसमा बाम्बे हाईकोर्ट ले आज यानी बुधबार रिया चक्रवर्ति, सैमुल मिरान्डा र दिपेश सांवन्त लाई जमानत दिएको छ । तर शौविक चक्रवर्ति र अब्दुल बासित परिहारको जमानत अर्जी खारेज भएको छ । रियालाई ८ सेप्टेम्बर मा एनसिबीले न्यायिक हिरासतमा लिएको थियो । रिया चक्रवर्ति लाई कोर्टले १लाख रुपैयाँको निजी मुचुल्कामा जमानत दिएको हो । कोर्टले भनेको छ १० दिनमा एक पटक रियले पुलिस स्टेसनमा हाजिरी गर्ने, जेलबाट छुटे पछि आफ्नो पासपोर्ट जम्मा गराउने, र विना अनुमति विदेश यात्रा नगर्ने, मुम्बई छोड्नु अघि पनि जाँच अधिकारीलाई सुचित गर्ने । ८ सेप्टेम्बर मा एनसिबीको गिरफ्तरी पछि रिया चक्रवर्तिलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको थियो ।

सुशान्त सिंह राजपुतको मृत्युको गुत्थी सुल्झाउनका लागि एनसिबीले ड्रग्स एङ्गल को तिब्र जाँच गरिरहेको छ । एनसिबीलाइै सोधपुछमा धेरै अहम सुराग मिलेको छ । यहि कारणहो एनसिबीले १७ भन्दा बढीको गिरफ्तारी गरेको छ । रिया चक्रवर्तिले ड्रग्सको खेलमा सामिल १५ बलिउड स्लेबसको नाम बताई सकेकिछन् साथै उनले भनेकिछन् ड्रग्स खरिद र आपुर्तिको लागि एउट ठूलो रेकेट छ ।