बलात्कारीलाई मृत्युदण्डको सजाय माग गर्दै दाङमा प्रदर्शन

असोज २१, दाङ – दाङको तुलसीपुरमा बलात्कारीलाई मृत्युदण्डको माग गर्दै प्रदर्शन भएको छ।

युथ अफ तुलसीपुरले बलात्कारीलाई मृत्युदण्डको माग गर्दै बुधबार बिहान तुलसीपुरमा प्रदर्शन गरेको हो ।

उनीहरूले ‘हिजो निर्मला, आज सम्झना, भोलि हजुरको कोही लेखिएको व्यानर बोकेका थिए। बलात्कारका घटनामा सरकार कडा रूपमा प्रस्तुत हुन नसकेको भन्दै व्यंग्य स्वरूप प्रदर्शनकारीले ‘ नेपालमा बलात्कार पनि हुन्छ र नाइँ मलाई थाहा छैन लेखेका प्लेकार्ड पनि बोकेका थिए।

बलात्कारीलाई कडाभन्दा कडा कानुन नहुँदासम्म यस्ता बलात्कारका घटना दोहोरी रहने भन्दै उनीहरूले बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्न माग पनि गरेका छन्।

मुख्य बजारको परिक्रमापछि तुलसीपुर उपमहानगरपालिका अगाडि आएर र्‍याली कोणसभामा परिणत भएको थियो।