असोज २०, बुटवल : प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ ।
मङ्गलबार प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको हो । मतदानमा ८३ जनाको उपस्थिति रहेको थियो ।
यसैगरी प्रदेश ५ को स्थायी राजधानी दाङको भालुबाङ बनाउने प्रस्ताव प्रदेश सभाबाट दुर्इ तिहाइ बहुमतले पास भएको छ ।
प्रदेश सभामा मङ्गलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको छ । प्रदेश सभाका ८७ सदस्यमध्ये मङ्गलबारको मतदान प्रक्रियामा ८२ जनाले भाग लिएका थिए ।