‘फूल जस्ती थिई, पापीले मारिदियो’

असोज १८, बाके – विजुली कामी भारतमा रोजगारीको शिलशिलामा भारतको बैङलोरमा थिए । एकसाता अघि उनले असुभ समाचार सुने । असोज ७ गते उनले सुनेको समाचार थियो, आफ्नै १२ वर्षीय छोरा सम्झना मारिएको । घरबाट उनले सम्झना मृत्युको खबर सुनेपछि सारा संसार नै अध्यारो देखे । बिजुली छोरीको हत्या भएको खबर सुनेपछि तीनदिन अघि भारतबाट बझाङ पुगे । ९ असोजमा बैंङलोरदेखि हवाईजहाजमा लखनउ आए । भोलीपल्ट गाडिमा गौरीफन्टा हुँदै १० गते बझाङ पुगे । चैनपुर पुगेपछि उनलाई कोरोना पोजेटिभ देखियो । अहिले क्वारेन्टिनमा रुदै दिन बिताइरहेका छन्, उनी कोरोनासँग लडिरहेका छन् । कोठाबाट बाहिर निस्कन दिइएको छैन । उनले कसैलाई पनि भेट्न पाएका छैनन् । कोरोना पुष्टि भएपछि क्वारेन्टिनमा बसिरहेका उनले भने, ‘अझै कति बन्दि बन्नुपर्ने हो । एक कोठामा छोरीको लाश छ । अर्को कोठामा म छु । मलाई बाहिर निस्कन पनि बन्देज लगाइएको छ । कोरोनाको कुनै लक्षण छैन ।’ निकै बेर भक्कानिए उनी ।

आर्थिक रुपमा विपन्न बिजुलीको संयुक्त परिवार छ । बिजुलीका पाँच छोरी र १ छोरा हुन् । श्रीमती धौली र बिजुलीका कान्छो छोरा र दुई छोरीसँगै बैङलोरमा मजदुरी गर्छन् । यता मष्टा गाउँपालिका – २ स्थितमा घरमा सम्झना र दुई बहिनी हजुरबाबा र हजुरआमासँग बस्दै आएका थिए । सम्झना बिजुली र धौलीकी पहिलो सन्तान हुन् । छोरा पाउने आशामा पाँच छोरी भए बिजुलीका । गाउँमा बसेर परिवार पाल्न धौधौ भएपनि चार वर्ष अघिदेखि भारतमा बस्दै आएका थिए विकास ।अहिले पनि बिजुली र छोराछोरी उतै छन् ।मष्टा आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी सम्झना जेठी छोरी भएकोले घरको भान्सा देखि मेलापात सबै गर्ने सबै काम गर्थिन् । पढाईमा समेत अब्बल उनी निकै टाठी समेत थिइन् । बिजुली भक्कानिदैँ भन्छन,्‘कति बाठी थिइ मेरी छोरी। पढाईमा पनि उत्तिकै मेहेनती।ठ्याक्कै फूल जस्ती । के अपराध गरेका थियौ।पापी अपराधीले मेरी फूल जस्ती छोरालाई मारिदियो ।’

सम्झना मृत भेटिएको स्थान ‘मन्दिर’ बिजुलीको घर देखि आधा घण्टाको बाटोमा पुगिन्छ । नजिकै उक्त गाउँका गाई, भैसी राखिन्छ । त्यहाँ उनको गोठ थियो । घना जंगल र सुनसान छ । उक्त दिन सम्झना दिउँसो चार बजेतिर गाईवस्तु व्यवस्थापनको लागि गोठमा गएकी थिइन् । सधै सबेरै घर फर्किने सम्झना त्यसदिन अबेर सम्म पनि फर्किनन् । नातिनी अबेरसम्म पनि घर नफर्केपछि हजुरबाबाले गाउँले गुहारे । सम्झनाको खोजी गर्न थाले । ‘खोज्दै जाँदा गाउँलेले मेरी छोरीलाई मन्दिरमा क्षतविक्षत अवस्थामा मृत अवस्थामा भेटाए छन् । शरिर भरी घाउँ रहेछ । कति रोई होलिन मेरी छोरी । कति कराई होलिन् । त्यो पिपाशुले के सुन्थ्यो ।’ उनले भने । शरीरभरि चोटैचोट, अर्धनग्न, योनीमा चोट र रगत बगेको अवस्थामा उनको शव फेला पारेको थियो । उनको बलात्कारपछि निर्मम् हत्या भएको खुलिसकेको छ ।

छोरीले केहीदिन मात्रै अहिले पक्राउ परेका राजेन्द्र बोहोराले आफूसंग सुनका मुन्द्रा मागेको बताएकी रहिछन् । हजुरबाबाले डर मान्नु पर्दैन । म सम्झाउँछु भन्नु भएछ । त्यसका बालाई पनि भन्नु भएको रैछ बुवाले । त्यसले बाउले पनि उल्टो थर्काएछ । उनका अनुसार राजेन्द्रले यस अघि पनि गाउँकै अर्की केटीलाई बलात्कार गरेको थियो । एक जनाको हत्यामा पनि परेको थियो । मेरी छोरी त तेस्रो नम्बरमा पर्छ । प्रहरीको अनुन्धानमा पनि राजेन्द्रले गाउँकै दमाई थरकी किशोरीलाई घट्टमा जाँदा बलात्कार गरेको र पछि मिलापत्र गरेको खुलिसकेको छ । उनले पाँच आना सुन लुटेको बताए । अहिले राजेन्द्रले त्रिशुुलले हिर्काएर मारेको स्वीकार गरिसकेका छन् । सम्झनाको शव आठौँ दिनपछि खरानी भएको छ । तर विजुलीको मनको आगो निभेको छैन । उनि भन्छन ‘अरु छोरीहरु यसरी नमारिउन, दोषीलाई कारवाही होस ।’