शिक्षण अस्पताल जुम्लामा आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द

असोज १५, जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत ११ जना स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर अनुपमंगल समालले जानकारी दिए।

उनका अनुसार ११ जना प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीसँगै अरु बिरामी, बिरामीका आफन्तमा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरुलाई अस्पतालको आइसोलेशनमा राखिएको र अरु कर्मचारीहरुको पनि स्वाब संकलन गरिएको उनले ईमेल खबरलाई जानकारी दिए । अर्को सूचना नआएसम्म आकस्मिकबाहेकका सेवा बन्द हुने अस्पतालले जनाएको छ ।