वैरागी बने सरकारको मुख्य सचिव

असोज १५, काठमाडौं–सरकारले मुख्य सचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन्। कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका थिए ।मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए।