असोज १३,नेपालगन्ज – बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुवैजनाको प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन भने कोहलपुरका मृतक शिक्षक हुन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले मेडिकल कलेजका कर्मचारीको मंगलबार बिहान ३ः३० बजे र कोहलपुरका पुरुषको बिहान ४ः१५ बजे मृत्यु भएको पुष्टि गरे ।