आज बाँकेबाट ४४ जना डिस्चार्ज हुँदै

असोज १३,नेपालगन्ज मंगलबार (आज) बाँकेबाट ४४ संक्रमित निको भइ डिस्चार्ज हुँदैछन ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मंगलबार (आज) बाँकेबाट १५ महिला र २९ पुरुष गरी ४४ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ५ सय ७ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ८ सहित ३ सय ४८ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ८ सय ६० रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।