वडा कार्यालयको ल्यापटप र नगद साठी हजार चोरी

असोज १२, काठमाडौ – गुल्मी जिल्लाको मालिका गाउपालिका ७ नम्वर वडा कर्यालयमा आइतवार चोरी भएको छ ।

घमिर भानु पोखरा स्थित कार्यलयको ढोकामा लगाएको ताल्चा फोरी कार्यालयका समान चोरी भएकोे प्रहरीले जनाएको छ ।

कार्यालयमा रहेको ल्यापटप १ थान र स्टिलको दराजमा राखेको नगद रु ६०,००० चोरी भएको समाचारमा उल्लेख छ । घटना वारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।