खोलाले बगाएर ५५ बर्षीया लुङगेलीको मृत्यु

असोज १२, काठमाडौ उदयपुर रौतामाई २ स्थितमा बस्ने ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । आइतवार राती ०८ बजे माईती घरबाट फर्कने क्रममा स्थानीय रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

झण्डै दुई सय मिटर सम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगि कनुनी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको   छ ।