असोज ४,काठमाडौं – आज थप १,३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६४,१२२ पुगेको छ ।
त्यस्तै २४ घण्टामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
मन्त्रालयका अनुसार हासम्म कोरोनाका कारण ४११ जनाको मृत्यु भइसकेको छ ।