असोज १, काठमाडौं –कोरोना भाइरस रोकथामका लागि लगाइएको निशेधाज्ञालाई सरकारले केहि खुकुलो बनाउदै गए पनि सैलुन खोल्न नदिएको भन्दै नेपाल नाई संघले विरोध जनाएको छ । असोज १ गतेदेखि सार्वजनिक सवारी, होटल, रेष्टुरेन्ट जस्ता अन्य ब्यवसाय खुल्ला गर्ने निर्णय गर्दा पनि सैलुन खोल्न नदिएकोमा व्यावसायी आक्रोसित वनेका हुन । लामो समय देखि पसल वन्दको मारले थला परेको व्यावसायीको जिकिर छ ।
यता सैलुन र पार्लरमा स्वास्थ्य मापदण्ड अपनाउन नसक्ने ब्यबसाय भएकाले सरकारले उच्च जोखिमको क्षेत्र मान्दै पसल खेल्ने अनुमति दिएको छैन ।
विरोध प्रर्दशन
सरकारको गरेको यस निर्णयलाई भने ब्यबसायीहरुले बिरोध गरेका छन् । ब्यबसाय सञ्चालनको अनुमति नदिएको र कुनै राहतको पनि ब्यबस्था नभएको भन्दै नेपाल नाई संघ र बिभिन्न पार्लर ब्यबसाय संघहरुले मंगलबार राजधानीको माइतीघरमा प्रर्दशन गरे । ब्यबसाय ठप्प हुदा ब्यबसायीहरुलाई जिविकोपार्जनका लागि समस्या परेको भन्दै प्रर्दशन मार्फत सरकारलाई ध्यानाकर्षण गराएको नेपाल नाई संघका महासचिव श्याम ठाकुरले इमेल खवरलाई बताए ।
मागहरु
ठाकुरका अनुसार उपत्यकामा करिब ५ हजार सैलुन र देशभर करिब ४० हजार सैलुन ब्यबसायीहरु रहेका छन् । कोरोना कहर पश्चात ब्यबसायीहरु बेरोजगार रहेका छन् । ब्यबसाय ठप्प हुदा अनिवार्य घरभाडा तिनुपर्ने बाध्यताले पनि ब्यबसायीहरु मार्कामा परेको उनको भनाइ छ । कतिपय ब्यबसायीहरुले क्रण मार्फत ब्यबसाय सञ्चालन गरेका छन् । क्रण तिर्न पनि ब्यबसायीहरुलाई समस्या छ । घरभाडा मिनाहा गर्न र ब्याजमा केहि सौलियत दिनु पर्ने लगाएतका १२ बुदें माग राखेपनि सरकारले कुनै चासो नदिएको ठाकुरको भनाई छ ।
यतिबेला ब्यबसायीहरुलाई रोगको भन्दा पनि भोकको डर बढेको छ । सरकारले आन्दोलन नगर्न बारम्बार अपिल गरेपनि अँन्दोलनमा उत्रिन बाध्य भएको ठाकुरले बताए । उनले भने रोगको भन्दा भोकको समस्या छ । रोग लाग्छ कि भन्ने डर छैन ।
ब्यवसाय सञ्चालनका लागि आवश्यक स्वास्थ्य साम्रागी समेत सरकारले उपलब्ध गराउनु पर्ने नाई संघको माग छ । ठाकुरले भने ब्यबसायीहरुले स्वास्थ्य सामाग्री खरिद गर्न सक्ने अवस्था छैन । त्यसका लागि सरकारले ब्यवस्था गरिदिनु पर्दछ । लामो समयदेखि ठप्प ब्यबसाय सञ्चालनको अनुमति नदिए थप आन्दोलन गर्ने संघले निर्णय गरेको छ ।