भदौ २९, बाँके- बाँकेमा क्रियाशिल दलित पत्रकारहरुलाई सुरक्षा सामग्री वितरण गरिएको छ ।
कोरोना कहरको समयमा सक्रिय भएर फिल्डमा खटिएका यहाँका पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो । राष्ट्रिय दलित पत्रकार सघ बाँके समन्वयमा जिल्लामा ३० जना पत्रकारलाई सामग्री वितरण गरिएको हो ।
सोमबार कोहलपुरमा एक कार्यक्रमका बीच पत्रकारहरुलाई सेनीटाइजर र एन ९५ मास्क वितरण गरिएको थियो ।
उक्त अवसरमा बोल्दै प्रेस संगठन बाँकेका सह संयोजक हेमन्त विकले कोरोना कहरका समयमा पत्रकारहरुको भूमिका निकै सह्राहनीय भएको बताए ।
उनका अनुसार संघको सहयोगमा वितरण गरिएको सामग्रीले कोरोना कहर विद्यामान रहेकोले केही हदसम्म सुरक्षित रहन भूमिका खेल्नेछ ।
यस्तै संघकी अध्यक्ष रुपमा गहतराजले पनि बाँकेमा क्रियाशिल पत्रकारको सहजताका लागि सामग्री वितरण गरिएको बताइन् ।
सोमबार नै बसेको संघको बैठकले प्रत्येक महिनाको अन्तिम शनिबार बैठक बस्ने निर्णय गरेको सचिव कविन्द्र परियारले जानकारी दिए ।