भदौं २७, काठमाडौं – कोरोना महमारी फैलिदा गएको अवस्थामा सडकमा जनचेतनामूलक अभियान थालिएको छ ।
नेपाल स्काउट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र हिसानको सहकार्य एवम् युनिसेफको सहयोगमा उपत्यकाका ३ जिल्लामा जनचेतनामूलक अभियान सञ्चालन भएको हो ।
यस अभियानमा नेपाल स्काउट र जनस्वास्थ्य अध्ययनरतबिद्यार्थी समेत गरी १०० जना स्वयमसेवकहरु दैनिक रुपमा परिचालन भएका छन् । स्वयमसेवकहरु उपत्यकाका भीडभाड हुने स्थानहरुमा कोभिड १९ बाट बच्न र बचाउन जनचेतनामुलक सन्देश प्रभाव गरिरहेका छन् ।
अभियानअन्तर्गत सामाजिक दुरी कायम गर्न, घरबाट बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गर्नुका साथै मास्कको सहि प्रयोग गर्न सिकाउने, र मास्क नलगाएकालाई मास्क वितरण गर्ने कार्यहरु सञ्चालित छन् ।
गत २० गतेदेखि सञ्चालित यस अभियान १५ दिनसम्म सञ्चालन हुने छ । हालसम्म यस अभियानबाट ५ लाख हाराहारीमा मानिसहरु लाभान्वित भएको बताइएको छ ।