नेपालगन्ज वाणिज्य संघको आग्रह : दुई दिने निषेधाज्ञा हटाइयोस

भदौ २५ ,बाँके-नेपालगन्ज उद्योग वाणिज्य संघले असोज १ गतेदेखि निषेधाज्ञा हटाउन माग गरेको छ ।

दुई दिने आन्तरिक लकडाउन र निषेधाज्ञा आवश्यक नरहेको भन्दै संघले हटमउन माग गरेको हो ।

यहाँको स्थानीय प्रशासनले कोरोना रोकथामका लागि भन्दै शुक्रबार र शनिबार निषेधाज्ञान गर्ने गरेको छ । जसको शुरुवात देखि नै विरोध भइरहेको छ ।

अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसँग माग गरेको हो ।

बिहीबार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा असोज १ बाट हटाउन माग गरेको हो ।

‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो ।’ संघका अध्यक्ष मन्सुरीले इमेल खवरलाई भने, त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने मेरो जोडदार माग राख्छौ ।’
बाँके प्रशासनले हरेक साताको दुईदिन शुक्रबार र शनिबार जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा लगाउँदै आएको छ ।