भदौं २३, काठमाडौं – बिहान उठेर खाली पेटमा लसुन खादा फाइदाजनक हुन्छ । खाली पेटमा दुई वा चार केस्रा लसुनको सेवनले मधुमेह, जोर्नी दुखाई जस्ता समस्यामा आराम हुन्छ । लसुनमा थुप्रै गुणहरु हुन्छन् । लसुनका अन्य फाइदाहरु निम्न छन् ।
यतिमात्र होइन लसुनले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । यसले शरीरलाई निरोगी राख्न सहयोग पुर्याउँछ । र शरीरलाई उर्जा पनि प्रदान गर्छ ।
लसुनको सेवनले छालासम्बन्धी समस्याहरुबाट पनि छुटकारा मिल्छ ।
यसले ‘फङ्गल इन्फेक्शन’ बाट बचाउँछ । लसुन पेटमा ग्यास भरिने समस्या, कब्जियत, उच्च रक्तचाप, रुघाखोकी, दम, निमोनिया र ब्रोन्काइटिस जस्ता समस्याहरुका लागि निकै फाइदाजनक हुन्छ ।
कानमा दुखेमा तोरीको तेलमा लसुनको केस्रो हल्का तातो बनाएर कानमा राख्दा आराम मिल्छ ।
नसाको विरामीहरुका लागि दुधमा लसुन उमोलेर पिउँदा नसा कमजोर हुँदैन ।
लसुनले रक्तसञ्चार नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापका विरामीले खानी पेटमा लुसन खानुपर्छ ।