उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

भदौं २१, काठमाडौं – उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्र डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ

यो सहित देशभर ९८० जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।