भदौं १९, काठमाडौं – बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ८० पुगेको छ ।
सामाजिक बिकास मन्त्रालयका प्रवत्ता पुरुषोतम राज सेढाईका अनुसार शुत्रबार साझ सम्ममा प्रदेशमा १० हजार ८० संक्रमित भइसकेका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २०६७ रहेको छ ।
प्रदेशमा कोरोनाका कारण ७४ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए ।
उनका अनुसार प्रदेशमा कुल संक्रमणको २२.७९ प्रतिशत संक्रमण रहेको छ ।