खतिवडाको राजीनामा स्वीकृत, अर्थ र संचार मन्त्रालयको जिम्मा प्रधानमन्त्रीलाई

भदौं १९, काठमाडौं  – अर्थ र संचार तथा सूचना प्रविधिमन्त्रीबाट युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ ।

मन्त्री खतिवडाले शुक्रबार साँझ दिएको राजीनामा प्रधानमन्त्री  केपी शर्मा ओलीले स्वीकृत  गरेका छन् ।

उनको राजीनामा पश्चात रित्त दुबै मन्त्रालयको  जिम्मेवारी  प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि आज राजीनामा दिएका हुन् ।

तस्बिर :सूर्य थापाको फेसबुकबाट ।